७४ किलो लागु औषध गाँजासहित दुई जना पक्राउ

अखबार हब
२०७९ भाद्र १८, शनिबार १४:११

मकवानपुर । मकवानपुर प्रहरीले लागु औषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

शनिवार बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले पुर्व पश्चिम सडक खण्डको हेटौंडा–१० स्थीत राप्ती पुल नजिकबाट ०१०२५ च १९४२ नम्बरको तरकारी बोक्ने पिकअप गाडीमा लुकाई छिपाई ल्याएको ७४ किलो ७ सय ग्राम लागु औषध गाँजासहित २ जनालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेमा गाडी चालक नुवाकोट बिदुर नगरपालिका वडा नम्बर १३ बस्ने वर्ष ३१ को प्रकाश तामाङ र गाडीमा सवार पर्सा ठोरी गाउँपालिका वडा नम्बर–३ बस्ने वर्ष ३४ की चन्द्रकुमारी श्रेष्ठ रहेको कार्कीले बताए ।

विशेष सूचनाको आधारमा पक्राउ परेका दुबैजनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*