माओवादी केन्द्रले मकवानपुरमा तोक्यो चुनावी कमाण्डर

अखबार हब
२०७९ भाद्र १८, शनिबार ११:२४

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनावको लागि माओवादी केन्द्र बागमती प्रदेशले पार्टीका नेताहरूको जिम्मेवारी तोकेको छ।

आईतवार काठमाडौंमा सम्पन्न माओवादी केन्द्र, बागमती प्रदेशको पदाधिकारी र प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरूको बैठकले प्रदेशको १३ वटै जिल्लाका संघ र प्रदेशको चुनावी कमान्डर तोकेको अध्यक्ष सरल सहयात्रीले जानकारी दिए ।

बैठकले मकवानपुरको संघीय निर्वाचन क्षेत्र नम्बर १ मा प्रल्हाद लामिछाने र बिजय गौतमलाई निर्वाचन कमाण्डर तोकेको छ । त्यस्तै प्रदेश निर्वाचन क्षेत्र १ (क) मा प्रमिला पुलामी १ (ख) मा मानकुमारी नेपाली लाई कमाण्डर तोकेको छ ।

साथै संघीय निर्वाचन क्षेत्र नम्बर २ मा कुमारी मोक्तानलाई कमाण्डर तोकेको छ । भने प्रदेश निर्वाचन क्षेत्र २(क) मा सन्तोष बिष्ट २ (ख) मा रामनारायण बिडारीलाई कमाण्डर तोकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*