बारामा १ हजार लिटर घरेलु मदिरा नष्ट

अखबार हब
२०७९ भाद्र १५, बुधबार १०:५४

बारा । बाराको आदर्श कोतवाल गाउँपालिकामा अवैध रुपमा सञ्चालित मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । आदर्श कोतवाल गाउँपालिका वडा नं।६ पटेर्वा बस्ने सञ्जिप जैसवालले सञ्चालन गरेको अवैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको हो ।

भट्टीमा रहेको १ हजार लिटर तयारी मदिरा र ६ हजार लिटर कच्चापदार्थ समेत नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । स्थानीय प्रतिनिधिको रोहवरमा छापा मारेर प्रहरीले रक्सी उत्पादन गर्न प्रयोग गरिने मेसिन, भाँडाकुँडा तथा ७ बोरा सख्खर समेत बरामद गरेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न बारामा अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गर्ने अभियान सञ्चालन गरिएको प्रहरी उपरीक्षक बोगटीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*