भाडाको घर खोज्दै मुख्यमन्त्री कार्यालय
मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले भाडाको घर आवस्यक परेकाले सूचना प्रकासन गरेको छ ।
पहिलेको जिल्ला समन्वय समितिको भवनमा मुख्यमन्त्री कार्यालय सञ्चालन हुँदै आएको र थप काम गर्नका लागि पनि समस्या भएकाले भाडाको घरका लागि सूचना प्रकासन गरेको हो । मुख्यमन्त्रीको कार्यालय पुरै सर्नका लागि भन्दा पनि केही कर्मचारीलाई मात्र काम गर्न अपुग भएकाले भाडाको घर माग गरेर सूचना प्रकासन गरिएको हो ।
मुख्यमन्त्री कार्यालयमा संघीय ससर्त कार्यक्रम सञ्चालनका लागि कोठा अपुग भएकाले भाडाको घरमा राख्नका लागि सूचना प्रकासन गरिएको एक कर्मचारीले बताए । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२, ४ र ५ मा विभिन्न सर्तहरु तोकेर घर भाडामा माग गरिएको छ । मुख्यमन्त्री कार्यालय मात्र होइन । सबै मन्त्रालय र मन्त्रालय अन्तरगतका कार्यालयहरु पनि भाडाको घरमा बस्नुपर्ने बाध्यता भोग्दे आएका छन् । तर पनि मुख्यमन्त्री कार्यालय र मन्त्रालयका भवनहरु निर्माण गर्नका लागि साढे चार वर्षको अवधिमा बजेट किताबमा बजेट छुट्याउने र कामै नगर्ने गरीएको छ ।








