जनतालाई गरिवीको चपेटाबाट मुक्त गर्छौ : केन्द्रीय सदस्य राना

अखबार हब
२०७९ भाद्र १, बुधबार २०:४०

मकवानपुर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाले श्रमजिवी वर्गको प्रतिनिधिमूलक पार्टी नेकपा एमाले भएकोले राष्ट्रिय पूँजीको विकास गरेर जनतालाई अवसर प्रदान गर्ने , जनवादी शासन व्यवस्था कायम गर्ने र जनतालाई गरिवीको चपेटाबाट मुक्त गर्दै समाजवादका पुग्ने लक्ष्यका साथ नेकपा एमाले अगाडि बढिरहेको बताएका छन् ।

नेकपा एमाले हेटौँडा उपमहानगरपालिका वडा नं. ८ कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता रानाले शान्तिपूर्ण जनपरिचालनद्वारा राजनितिक जनक्रान्ति सम्पन्न भएपनि सामन्तवादका अवशेषहरू कायम रहेकोले संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि जनताको समस्या र माग पूरा हुनसकेको छैन भन्दै आमुल परिर्वतनको आधार सामाजिक, आर्थिक र साँस्कृतिक रूपान्तरण भएको बताउनु भयो ।

पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले पार्टीद्वारा सञ्चालित सुदृढीकरण तथा शुद्विकरण अभियानबारे, सचिव नवीन सिग्देलले जवजको मान्यतामा पार्टी संगठन निर्माण र परिचालन, जिल्ला कमिटी सचिवालय सदस्य राजन थापा स्थानीय तह निर्वाचनको सन्देश र आगामी निर्वाचनको तयारी,पार्टी जिल्ला कमिटी सदस्य मिलन पाठकले पार्टी र जनसंगठनबीचको अन्तरसम्बन्धबारे प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रम वडा कमिटीका अध्यक्ष कृष्णबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटीका सदस्य गोपालबहादुर श्रेष्ठ, जिल्ला सचिवालय सदस्य गणेशकुमारी श्रेष्ठ, जिल्ला कमिटी सदस्य यसोदा उप्रेती, हेटौँडा उपमहानगरपालिका कमिटी अध्यक्ष शालिकराम पुडासैनी , सचिव बोलबहादुर कार्कीलगायतको उपस्थिति रहेको पार्टी वडा कमिटीका सचिव शुसिला मल्लले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published.


*