एम्बुलेन्सको ठक्करबाट मनहरीमा एक महिलाको मृत्यु

अखबार हब
२०७९ श्रावण २६, बिहीबार १२:२६

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ९ खरङ्गामा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

पुर्वपश्चिम सरडखण्ड अन्तरगत आज विहान मनहरीको खरङ्गामा हेटौंडाबाट मनहरी तर्फ जादै गरेको ना २ च ४१६१ नम्बरको एम्बुलेन्सले ठक्कर दिदाँ ५२ वर्षिय नमुना शेर्पाको घट्ना स्थलमै मृत्यु भएको हो ।

संखुवासभा घर भई हाल मनहरी स्थीत छोरीको घरमा आएकी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

एम्बुलेन्स प्रहरीको नियन्त्रणमा रहेको र फरार रहेका चालकको भने खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*