११ कक्षामा भर्ना भए वडाअध्यक्ष खनाल

अखबार हब
२०७९ श्रावण २२, आईतवार २०:०६

मकवानपुर । वडा अध्यक्ष शिवप्रसाद खनाल कक्षा ११ मा भर्ना भएका छन् ।

मकवानपुरको मनहरी गाउँपालिका वडा नं १ मा दोस्रो कार्यकालको लागि निर्वाचित वडाअध्यक्ष खनाल आईतवार वडामै रहेको श्री बाल जिवन ज्योति माविमा शिक्षा संकाय तर्फ कक्षा ११ मा भर्ना भएका हुन् ।

औपचारीक शिक्षामा एसएलसी उत्तीर्ण खनाल ३१ वर्षपछी उच्च शिक्षा अध्ययन गर्न लागेका हुन् । उनले २०४८ सालमा सिद्देश्वर संस्कृत विद्यालय कलैयाबाट द्धितिय श्रेणीमा एसएलसी उत्तीण गरेका थिए ।

उमेरले ५१ वर्ष पार गरेका खनाल सोहि विद्यालयको व्यवस्थापन समिति अध्यक्ष समेत हुन् । खनाल नेपाली काँग्रेसबाट निर्वाचित वडाअध्यक्ष हुन् ।

पढ्ने चाहनालाई उमेरले रोक्दैन भन्दै खनालले कक्षा ११ भर्ना गरेको बताए । राजनिति गरेर समाज सुधान गर्नको निम्ती शिक्षा सबैभन्दा आवश्यक रहेकोले आफूले विद्यालयमा भर्ना गरेको उनको भनाई छ ।

‘पढ्ने चाहनलाई उमेरले नरोक्दो रे छ त्यसैले कक्षा ११ मा भर्ना गरे’– उनले भने । औपचारिक शिक्षाको अभाव खड्कीयपछि विद्यालय गएर अध्ययन गर्ने धोको पूरा गर्न लागेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*