आगूऔषधसहित हेटौंडाबाट दुई जना प्रहरीको नियन्त्रणमा

अखबार हब
२०७९ श्रावण २१, शनिबार ११:२४

मकवानपुर । हेटौंडाबाट लागूऔषधसहित प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार लागूऔषधसहित दुई जना युवक पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा विहिवार अस्थायी प्रहरी पोष्ट थानाभर्याङ्गबाट खटिएको टोलीले हेटौंडा–११, सिमलटार जाने सडक खण्डबाट दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीले रोकिराखेको प्रदेश ३–०२–०१४ प १२९४ नम्बरको स्कुर चेक जाचँ गर्ने क्रममा ४ सय ग्राम खैरो हेरोईनसहित सोहि स्थानमा बस्ते २२ वर्षे आषिश विश्वकर्मा र १८ वर्षे शिशिर भन्ने बसन्त कपरौलालाई पक्राउ गरेको जनाइएको छ ।

दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*