विप्लव समूहलाई जारी गरिएको पक्राउ पुर्जी फिर्ता गर्न एमालेको माग

अखबार हब
२०७९ श्रावण १७, मंगलवार १५:४७

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले नेकपाको विप्लव समूहका नेताहरुलाई जारी गरिएको पक्राउ पुर्जी फिर्ता गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले विप्लव समूहका नेताहरुलाई थप कारवाही गर्ने खवर आएको भन्दै त्यो साँचो हो भने तत्काल कारवाही फिर्ता लिन माग गरेका हुन् ।

केपी ओलीको सरकारले विद्रोह गरेको नेकपालाई सहमतिमार्फत शान्तिपूर्ण राजनीतिमा ल्याएको र सहमति पालना हुनुपर्नेमा जोड दिए । उनले कारवाहीको नाममा विप्लव समहूलाई पुनः हिंसामा जान दिन नहुने बताए । भट्टराईले तत्काल नेकपाका नेताहरुमाथिको कारवाही गर्ने कामबाट तत्काल पछि हट्न र उनीहरुलाई काटेको पक्राउ पूर्जि फिर्ता लिन माग गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*