हेटौंडमा अबैध सात बोरा कपडा बरामद

अखबार हब
२०७९ श्रावण १६, सोमबार २१:३०

मकवानपुर । हेटौंडामा अबैध सात बोरा कपडा बरामद गरिएको छ । मकवानपुर प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.५ ख २४६८ नम्बरको यात्रुबाहक बस हेटौंडा–१५ रातोमाटेमा जाँच गर्दा विभिन्न प्रकारको सात बोरा कपडा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भन्सार छलेर ल्याएको सात बोरा वेवारिसे कपडा बिशेष सूचनाको आधारमा बरामद गरिएको थियो । प्रहरीका अनुसार कुर्ता सुरुवाल ५८ पिस, साडी २ सय ९३ पिस र सेन्डो गन्जी ३ सय वटा फेला परेको हो ।

प्रहरी प्रमुख उपरीक्षक बामदेव गौतमले कपडाको विषयमा बसको चालकसँग र बसमा सवार यात्रुहरुलाई सोधपुछ गर्दा कोही कसैले हकदाबी नगरेकोले कपडाहरु बेबारिसे भएको र भन्सार छलेर ल्याएको हुँदा उक्त कपडाहरु नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*