बजेट खर्चमा निजगढ नगरपालिकाको चरम लापरवाही : सूचना प्रकाशन खर्च भन्दै फर्निचर पसललाई रकम भुक्तानी
बारा । बाराको निजगढ नगरपालिकाले बजेट खर्च गर्ने नाममा चरम लापरवाही गरेको पाइएको छ । पालिकाले अघिल्लो आर्थिक वर्षको अन्त्य तिर बजेट खर्च गर्ने नाममा कार्यालयको पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन गरेको भन्दै फर्निचर पसलको बिल भुक्तानी गरेको हो ।
आर्थिक वर्ष २०७७/०७८ को चालु शीर्षकको बजेटबाट २०७८ जेष्ठ १९ गने कार्यालयको पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन गरेको भन्दै निजगढ होम डेकुरेसन एण्ड सप्लायर्सलाई २ लाख १२ हजार ७ सय ८७ रुपैयाँ रमक भुक्तानी गरेको हो ।
सामान्यतया पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्चको बजेट सूचना तथा छपाईको काम गर्ने संस्थालाई भुक्तानी गर्नु पर्ने हुन्छ तर नगरपालिकाले बजेट खर्च गर्ने नाममा उक्त रकम कर्मचारीको आफन्तको फर्निचर पसलको बिल समावेश गरि गैरजिम्मेवार तरबले रमक बाँडेको पाइएको हो ।
हामीलाई प्राप्त सूचना अनुसार नगरपालिकाले कार्यालयको पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन शीर्षकमा विभिन्न मितिमा रमक भुक्तानी गरेको पाइएको छ तर उक्त रकमको खर्च विवरण भने खुलाइएको छैन ।








