हेटौंडा स्कल अफ म्यानेजमेन्टमा ‘बिजनेस इन्क्युबेशन सेन्टर’

अखबार हब
२०७९ श्रावण १३, शुक्रबार १९:४८

मकवानपुर । हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसले बिजनेस इन्क्युबेशन सेन्टर सञ्चालनमा ल्याउने भएको छ । म्यानेजमेन्टले आफ्ना विद्यार्थीहरुलाई समयसापेक्ष व्यवहारिकसीप दिलाउने तथा उनीहरुको आन्तरिक क्षमता अभिबृद्धिका लागि बिजनेस इन्क्युबेशन सेन्टर सञ्चालनमा ल्याउन लागेको हो ।

म्यानेजमेन्टका योजना र विकास निर्देशक दीपेश जोशीका अनुसार विद्यार्थीसँग भएको नवीनतम सीपलाई नवव्यवसायीको रुपमा अगाडि बढाउँदै समाजमा स्थापित गर्न सहयोग गर्ने उद्देश्यले यस कार्य अगाडि बढाइएको हो । ‘हामी विद्यार्थीहरुमा भएको विजनेस आइडीयालाई कसरी सार्थक बनाउन सकिन्छ भनेर आवश्यक परामर्श दिनेछौं । उनीहरुसँग भएको आइडीयालाई नवव्यवसायीबाट उद्योगीसम्म बनाउन हामी आवश्यक सहयोग विज्ञहरुको सहाराबाट दिलाउने छौं ।’, जोशीले भने ।

विजनेस इन्क्युबेशन सेन्टरमा आफ्नो नवीन सीपको बारेमा जानकारी गराएर त्यसको सम्पूर्ण आन्तरिक तयारी गरेपछि व्यवसाय सञ्चालन गर्न बीऊ पुँजी पनि उपलब्ध गराइने श्रेष्ठले बताए । ‘व्यापारिक योजना तथा इच्छा भएको व्यक्ति–कम्पनीले ९ महिनादेखि १ वर्ष वा आवश्यकता अनुसार कार्यशाला कार्यक्रममा आफ्नो प्रतिबद्धता गर्न सक्षम भएको खण्डमा हामी आवश्यक पुँजीसँग जोड्न पुलको काम गर्नेछौं ।’, उनले भने ।

म्यानेजमेन्टले आइतबारबाट विद्यार्थीलाई पहिलो चरणको कार्यशाला (तालिम) समेत आइतबारबाट सुरु गर्ने भएको छ । अन्तरप्रेरणा संस्थासँगको सहकार्यमा यस कार्यलाई अगाडि बढाउन लागिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । विद्यार्थीलाई विजनेस इन्कुबेशनका विज्ञ तथा डच नागरिक ह्यांकले प्रशिक्षण दिनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*