प्रतिस्पर्धा बिनै कृषि मन्त्रालयले बनायो ८१ लाखको डकुमेन्ट्री

अखबार हब
२०७९ श्रावण ११, बुधबार १३:३१

मकवानपुर । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रतिस्पर्धा नगरि डकुमेन्ट्री निर्माण तथा सूचना प्रकाशन गरेको पाइएको छ ।

महालेखा परिक्षकको कार्यलयले तयार पारेको प्रतिवेदन अनुसार प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रतिस्पर्धा सीमित हुने गरि बजेट टुक्रा गरी ३० वटा सेवा प्रदायक कम्पनीहरुसँग प्रतिस्पर्धा बेगर सोझै मन्त्रालयको अनुदान वितरण लगायतका कार्यक्रमसँग सम्बन्धिन डकुमेन्ट्री निमार्ण तथा सूचना प्रशारण गर्न सम्झौता गरेको हो ।

सम्झौता अनुसार आर्थिक वर्ष २०७७/०७८ मा मन्त्रायले ८१ लाख १२ हजार रुपौयाँ रकम भुक्तानी समेत गरेको पाइएको छ । महालेखाले प्रतिस्पर्धाको माध्यमबाट मितव्ययी तवरले सेवा खरिद गर्न मन्त्रालयलाई सुझाव समेत दिएको छ ।

महालेखाको प्रतिवेदन यस्तो छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*