बागमतीले कसैलाई काखा र कसैलाई पाखा गर्यो, प्रकिया गलत छः ग्यालन

अखबार हब
२०७९ श्रावण ५, बिहीबार १५:२५

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाका निर्वतमान कृषि शाखा प्रमुख अशोक ग्यालनले गाउँपालिकाले करारका कर्मचारीहरुलाई कसैलाई काखा र कसैलाई पाखा गरेर भेदभाव गरेको बताएका छन् ।

आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले हालै गाउँपालिकाले करारका कर्मचारीहरुलाई अधिकांशलाई करार सम्झौता नविकरण गरेको केहीलाई भने सम्झौता गर्न रोक लगाएका बताए । उनले गत बैशाखमा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट पुनः विजयी भएका सर्केश घलानले आफ्ना र माओवादी केन्द्र निकटका कर्मचारीहरुको सम्झौता मात्र नविकरण गरेर करारका अन्य कर्मचारीहरु माथि अत्याचार गरेको आरोप लगाए । उनले राजनीतिक प्रतिशोध साँधेर काम गरिरहेका १७ जनालाई निष्कासित गरेको बताए । उनले निष्कासित हुने कर्मचारीहरु नेकपा एमाले र नेपाली कांग्रेस निकट रहेको बताउँदै कर्मचारीको कार्य सम्पादन र स्तर मूल्यांकन विना हटाउँदा गाउँपालिकाको सेवा प्रभावित भएको बताए।

ग्यालनले गाउँपालिकाले असार ३१ गते मात्रै सूचना प्रकाशित गरेर ६९ जना करारका कर्मचारीको सम्झौता नविकरण गरेको र १७ जना कर्मचारीको सझौता नविकरण नगर्दै निष्कासित गरेको बताए । ‘हामीलाई किन त्यहाँबाट बाईपास गरियो ? यौटै सेक्टरमा काम गर्ने, यौटै सेक्टरबाट छिरेको, सबै करारका कर्मचारीहरु । हाम्रो चाइ करार नविकरण नहुने, उहाँहरुको चाइ करार नविकरण हुने । ग्यालनले भने,करार नविकरणको म्यादको लिस्ट हेर्दा नविकरण नहुने साथिहरुको राजनीतिक आस्थाले गर्दा निकालियको हाकी भन्ने लाग्यो । नविकरण हुने साथिहरुको लिस्ट हेर्दा माओवादी आस्था राख्ने कर्मचारीहरु मात्रै हुनुहुन्छ । हाम्लाई उहाँहरु हामी माओवादी भन्दा फरक धार आस्था राख्ने उहाँहरुले सोच्नु भो,त्यो हिसाबले उहाँहरुले हामीलाई निकाल्नु भो ।’

उनले केहि करारका कर्मचारीलाई मात्र हटाउने प्रकिया गलत भएको बताए । उनले करार सम्झौता २०७८ को परिच्छेद ४ मा करार सम्झौता सम्बन्धि व्यवस्थामा कर्मचारीको कार्य सम्पदान र स्तर मूल्यांकनका आधारमा मात्र कर्मचारी हेरफेर गर्न सकिने भनिएको बताउँदै आफुहरुलाई विना कारण हटाईएको बताए । उनले आफुहरुलाई हटाउँदै गाउँपालिकाले अरुलाई नियुक्ती दिने तयारी सुरु गरिसकेको समेत बताए ।

उनले उक्त करार सम्झौताको विषयमा गाउँपालिका अध्यक्ष घलानलाई ध्यानाकर्षण पत्र समेत बुझाएको तर हालसम्म कुनै सकरात्मक प्रतिक्रिया नआएको समेत बताए । उनले गाउँपालिकाले गरेको भेदभावको विषयलाई लिएर करार सम्झौता नभएका आफुसहित १७ जना कर्मचारीहरु अदालत जाने कि नजाने भन्ने विषयमा छलफल चलिरहेको बताउँदै केहिदिनमै निष्कर्षमा पुग्ने बताए । पत्रकार सम्मेलनमा गाउँपालिकाका र वडाका करार सम्झौता नभएका निबर्तमान कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*