जसपा विवाद : बाबुराम भट्टराई पक्षको बैठक बस्दै

अखबार हब
२०७९ असार २८, मंगलवार १०:११

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको बिस्तारित बैठक बस्दैछ।

काठमाडौंमा बस्ने बैठक भोलि बुधबारसम्म चल्नेछ। अर्का अध्यक्ष यादवले भने असार बुधबार र बिहीबार वीरगञ्जमा बैठक बोलाएका छन्।

पछिल्लो समय पार्टीका अध्यक्षद्वय यादव र भट्टराई पक्षबीच तालमेल नमिल्दा सहमतिमा पार्टीबाट अलग हुने निर्णयमा नेताहरु पुगिसकेका छन्।
यद्यपि, जसपामा भट्टराई भन्दा यादव पक्षको बहुमत देखिन्छ। जसकारण पनि पार्टी यादवको पक्षमा आउने निश्चित छ।

यसमा तपाइको मत

Your email address will not be published.


*