चकरीको जङ्गलमा एक वृद्ध मृत अवस्थामा फेला 

अखबार हब
२०७९ असार १९, आईतवार २१:१५

 मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ मा एक वृद्ध मृत अवस्थामा फेला परेको छ ।

शनिवार देखि बेपत्ता रहेका मनहरी १ चकरी बस्ने ६५ बर्षिया मानबहादुर घलान नजिकै रहेको जङ्गलमा आज साझ मृत अवस्थामा फेला परेका हुन् ।

घरबाट बेपत्ता भएसँगै आफन्तले खोजी गर्ने क्रममा मनहरी १ स्थित सुकौरा क्यामुनापानी भीर भन्ने स्थानमा करिब १ सय मिटर तल घलान मृत अवस्थामा फेला परेको इलाका प्रहरी वृत पदमपोखरीका प्रमुख अरविन्द्र यादवले बताए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*