एमालेको निष्कर्ष : चुनावसम्म सत्ता गठबन्धन सग्लो रहन्न

अखबार हब
२०७९ असार १९, आईतवार १८:४५

काठमाडौं । नेकपा एमालेले अहिलेको सत्तारुढ गठबन्धन आगामी निर्वाचनसम्म कायम हुनेमा विश्वास नभएको बताएको छ ।

पार्टीको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वी सुब्बा गुरुङले गठबन्धनमा रहेका दलहरुबीचको आपसी अविश्वासका कारण गठबन्धन कायम हुन्छ भन्नेमा विश्वास नभएको बताए ।

‘गठबन्धनमा रहेका दलहरुमा एक अर्कापति अविश्वास छ, कांग्रेसले माओवादीलाई अपमानित ग¥यो भन्ने छ । पार्टीभित्र फरक मत र गुटहरु देखापरेको छ यो चिज हेरौं न कसरी जााँदो रहेछ’ उनले भने ।

जनता समाजवादी पार्टी विभाजनको संघारमा रहेको र विभाजनपछि विभाजित दल कुन दलसँग तालमेलमा जान्छ भन्ने अहिले नै टुंगो नलागेको भन्दै उपमहासचिव गुरुङले भने, ‘हामी हातखुट्टा बाँधेर बस्ने कुरा हुँदैन ।’

उनले अघि भने, ‘अहिलेको शक्ति संरचना भत्किने देखिन्छ, पार्टीहरुमा अन्तरविरोध सुरु भइसकेको छ । जे होस् गठबन्धन सग्लो रुपमा रहन्छ भन्ने विश्वास छैन ।’

यसमा तपाइको मत

Your email address will not be published.


*