आइतबार देशका कुन कुन क्षेत्रमा पर्दैछ पानी ?

अखबार हब
२०७९ असार १९, आईतवार ०७:२०

काठमाडौं । अहिले प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ। जल तथता मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

आइतबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

राति देशका पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। आगामी २४ घण्टामा बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ।

साथै, नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन÷यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने विभागको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published.


*