१५ किलो गाँजासहित मनहरीबाट २ जना पक्राउ

अखबार हब
२०७९ असार १६, बिहीबार १९:५३

मकवानपुर । मकवानपुर प्रहरीले मनहरी गाउँपालिकाबाट १५ किलो लागुऔषध गाँजासहित २ जना पक्राउ गरेको छ ।

मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी–९ ज्यामिरे जङगलेश्वर मन्दिर स्थित पुर्व–पश्चिम सडकखण्डबाट चितवनबाट हेटौंडा तर्फ आउदै गरेको ना ७ ख ६०५९ नंबरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा लागुऔषधसहित २ जना पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवन राप्ति ११ बस्ने २६ वर्षीय ईन्द्र बहादुर प्रजा र २३ वर्षीय अकल बहादुर प्रजा रहेका छन् । पक्राउ परेका दुबैजनामाथि आवश्यक कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*