हेटौंडा–काठमाडौँ जोड्ने दुईवटा सडक अझै अबरुद्ध

अखबार हब
२०७९ असार १६, बिहीबार १०:३२

मकवानपुर । हेटौंडा– काठमाडौँ जोड्ने दुइवटा मार्ग अझै अबरुद्ध रहेको छ । हेटौंडा हुदै काठमाडौँ जाने कुलेखानी सिस्नेरी सडक खण्ड र कान्तिलोकपथ सडकको ठाउँठाउँमा पहिरो खसेकाले सडक अझै अबरुद्ध रहेको हो । दुबै सडक दुइ दिन देखि अबरुद्ध रहेका छन् ।

निरन्तरको वर्षाका कारण मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–४ केराघारीमा पहिरो गएपछी अबरुद्ध भएको सडक भने हटाएर गाडी सुचारु भएको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।

निर्माणकै क्रममा रहेको कान्तिलोकपथ सडकको ठाउँठाउँमा पहिरो खसेको छ । वर्षाको कारण हुन सक्ने खतरालाई मध्यनजर गर्दै सवारी आवातजावतमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*