चट्याङ लागेर एक जनाको मृत्यु
रूपन्देही । रूपन्देहीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सियारी गाउँपालिका–२ का ४५ वर्षीय रामनाथ बरईको चट्याङ लागेर मृत्यु भएको हो ।
मंगलबार बिहानै खेतमा काम गर्न गएको बेला चट्याङ लागेर बरईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बताए ।
बरईको शव पोष्टमार्टमका लागि भैरहवास्थित भीम अस्पताल पठाइएको छ ।







