जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता विषयमा अन्तरसंवाद
मकवानपुर । प्रेस चौतारी नेपाल मकवानपुर साखाको आयोजानमा हेटौंडामा जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रताका विषयमा अन्तरसंवाद कार्यक्रम गरिएको छ । जननेता मदन भण्डारीको ७१ औं जन्म जयन्तीको अवसरमा कार्यक्रम गरिएको हो ।
प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षता तथा मदन भण्डारी फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, जिल्ला तथा प्रदेश स्तरका नेताहरु, प्रेस चौतारी बागमती प्रदेशका महासचिव प्रकास दाहाल लगायतकाले कार्यक्रममा मन्तब्य व्यक्त गरेका थिए। कार्यक्रममा सहभागिहरुले मदन भण्डारीको योगदानको बारेमा चर्चा गरेका थिए ।







