नयाँ पार्टी घोषणा गर्दै वामदेव
काठमाडौँ । वामदेव गौतमले मंगलवार नयाँ पार्टी घोषणा गर्दैछन् ।
नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका गौतमले सो अभियानलाई नै नयाँ पार्टी बनाउन लागेका हुन् । पार्टीमा ६९ केन्द्रीय सदस्य रहने छन् ।
पार्टी संयोजक गौतम रहनेछन् । यो पार्टीले कम्युनिष्ट पार्टीलाई एकीकृत गर्ने विषयमा जोड दिने अभियानले जनाएको छ ।
आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गरिनेछ ।
समाजवादी केन्द्र नेपाल, आधुनिकि नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादीलगायतका दलहरू पनि नयाँ पार्टीमा सामेल हुँदैछन् ।







