‘मैले बुझेको मदन भण्डारी’ विषयको वक्तृत्वकलामा न्यौपाने पहिलो

अखबार हब
२०७९ असार १३, सोमबार २०:२७

मकवानपुर । ‘मैले बुझेको मदन भण्डारी’ विषयको खुल्ला वक्तृत्वकला प्रतियोगितामा सुनिल न्यौपाने प्रथम भएका छन् । ७१ औं मदन भण्डारी जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशन जिल्ला समिति मकवानपुरले आइतवार आयोजना गरेको खुल्ला वक्तृत्वकला प्रतियोगितामा न्यौपाने प्रथम भएका हुन् ।

प्रतियोगितामा द्धितीय सफल उप्रेती, तृतीय उचित बजगाईं भएका छन् भने प्रकृति अर्याल र प्रशन्ना गौतमले सान्त्वना पुरस्कार पाएका छन् ।

मकवानपुर बहुमुखी क्याम्पसका स्ववियु सभापति कुमार केसीको संयोजकत्वमा भएको प्रतियोगितामा मदन भण्डारी फाउण्डेशन जिल्ला समिति मकवानपुरका अध्यक्ष रधुनाथ खुलालको सभाध्यक्षता रहेको थियो । त्यस्तै प्रतियोगितामा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य भोजराज ढकाल, एमाले हेटौंडा नगर कमिटी अध्यक्ष शालिकराम पुडासैनी, मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. शंकर प्रसाद उपाध्याय लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*