पृथ्वीराजमार्ग फेरि अवरूद्ध

अखबार हब
२०७९ असार १२, आईतवार १५:२७

चितवन । नारायणगढ मुग्लिन सडकको घोप्टेभीरमा खसेको पहिरो सफा गरे लगत्तै नाग्दी भीरमा पहिरो खसेका कारण पृथ्वीराजमार्ग अवरूद्ध भएको छ ।

आइतबार मध्याह्न सवा १२ बजेतिर घोप्टेभिरमा पहिरो खसेको थियो । त्यो पहिरो सफा गरेर दिउँसो १ बजेपछि गाडी खुले लगत्तै नाग्दीमा पहिरो गएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए ।

पहिरो सफा गर्न सुरू भएपनि बाटो सञ्चालन गर्न केही समय लाग्न सक्ने अधिकारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*