बिरामीको मृत्युपछि काठमाडौंको चिरायु अस्पतालमा तनाव

अखबार हब
२०७९ असार ११, शनिबार २०:५१

काठमाडौं । काठमाडौं बसुन्धराको चिरायु अस्पतालमा एक बिरामीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ ।

पिसाबसम्बन्धी समस्या देखिएपछि उपचारका लागि भर्ना भएका सुरज ढुंगानाको मृत्यु भएपछि आफन्तले अस्पतालमा प्रदर्शन गरेका थिए । उनीहरुले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् ।

मृतकका आफन्त सिम्रन बस्नेतका अनुसार पिसाबको समस्यालाई लिएर भर्ना भएका बिरामीको हर्ट फेल भएर मृत्यु भएको बताएपछि चिकित्सकमाथि शंका लागेको हो ।

अस्पतालले मुटुसम्बन्धी उपचार नै नगरेको र के कारणले यस्तो घटना भएको भन्ने बारे पनि बिरामीका आफन्तलाई जानकारी नगराएको उनले बताए । यस विषयमा उपचारमा संलग्न चिकित्सकसँग कुराकानी गर्न नदिएको पनि बस्नेतले बताए ।

अस्पतालमा तनाव भएपछि प्रहरी पुगेको थियो । शनिबार साँझ प्रहरी, अस्पताल र मृतकको आफन्तबीच यस विषयमा छलफल भएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*