ट्रक यातायात व्यवसायी महासंघको साधारण सभाको तयारी पूरा

अखबार हब
२०७९ असार ९, बिहीबार १८:०७

मकवानपुर । नेपाल ट्रक यातायात व्यवसायी महासंघको १५ औँ साधारण सभा तथा सातौँ महाधिवेशनको तयारी पूरा भएको छ ।

शुक्रबार ललितपुरको धोबिघाट स्थित सिद्धार्थ कटेजमा हुन लागेको साधारणसभाको तयारी पूरा भएको महासंघका महासचिव एवं प्रवक्ता राजेन्द्र विक्रम बानियाँले जानकारी दिए ।

महाधिवेशनले २१ सदस्यीय महासंघको नयाँ कार्यसमिति चयन गर्ने क्रार्यक्रम रहेको छ । महाधिवेशनमा महासंघमा आवद्ध देशभरका झण्डै ५ सय ट्रक व्यवसायीले सहभागीता जनाउँदै छन् ।

हाल देशभर ७० हजार ट्रक व्यवसायी छन् भने यो क्षेत्रमा १५ खर्ब लगानी रहेको महासचिव बानियाँले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*