टिपरको ठक्करबाट एक महिलाको मृत्यु
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–१ देउराली भञ्ज्याङमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
प्रदेश ३ ०१–००६ ख ३४७४ नम्बरको टिपरले मंगलबार राति ९ बजे ठक्कर दिंदा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३ फटकसिला घर भएकी अन्दाजी ३९ वर्षीया लिलामाई दनुवारको मृत्यु भएको ।
पैदल हिंडिरहेको बेला टिपरले ठक्कर दिंदा दनुवारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । टिपर चालकलाई इलाका प्रहरी कार्यालय मेलम्चीले नियन्त्रणमा लिएको छ ।







