इन्धनको मूल्यवृद्धि मलाई पनि असहज लागेको छः वाणिज्य सचिव
काठमाडौं । उद्योग वाणिज्य तथा अपूर्ति सचिव डा. गणेशप्रसाद पाण्डेले आइतबार गरिएको इन्धनको मूल्यवृद्धि आफैंलाई असहज लागेको बताएका छन् ।
इन्धनमा गरिएको मूल्यवृद्धिबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै एवं नेपाल आयल निगमका अध्यक्ष समेत रहेका उनले यस्तो बताएका हुन् ।
‘हिजो गरिएको इन्धनको मूल्य वृद्धि मलाई पनि असहज लागेको छ,’ उनले भने, ‘तर जनताले धैर्यता र साहस देखाइदिनु भयो।’
निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिले कसैलाई पनि अतिरिक्त लाभ नमिलेको उनको दावी छ ।







