‘माइक्रोस्कोप अपरेटिङ’ र प्याज कोषको ‘टेम्पोररी स्लाइड’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम

अखबार हब
२०७९ असार ३, शुक्रबार २१:१३

मकवानपुर । हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयका कक्षा ७ मा अध्ययनरत विद्यार्थीले माइक्रोस्कोप अपरेटिङ र प्याज कोषको ‘टेम्पोररी स्लाइड’ सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम शुक्रबार गरेको छ । हेटौंडा– ५ मा रहेको लक्ष्मी आधारभूत विद्यालय कक्षा ७ मा अध्ययनरत १५ जना विद्याथीलाई माइक्रोस्कोप अपरेटिङ र प्याज कोषको ‘टेम्पोररी स्लाइड’ बनाउने विषयमा तालिम प्रदान गरिएको हो ।

नवोदय विद्यालयका विद्यार्थीले उक्त कार्यक्रम सहजीकरण गरेका थिए । ‘माइक्रोस्कोप कसरी चलाउने र कोषलाई कसरी हेर्ने भन्ने विषयमा सिक्ने अवसर पायौँ । यो अवसर जुटाइदिनु भएकोमा नवोदय विद्यालयप्रति विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु ।’ लक्ष्मी आधारभूत विद्यालय कक्षा ७ मा अध्ययनरत छात्रा सबिना लामाले भनिन् ।

कार्यक्रममा सहभागिता जनाएका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई प्रयोगात्मक तवरले जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । विज्ञान विषयको प्रयोगात्मक सीप आफूले मात्र नभई सामूदायिक विद्यालयका विद्यार्थीले पनि केही कुरा सिकून् र आफूले पनि नयाँ कुरा सिक्ने, नयाँ साथी बनाउने अवसर हुने भएकाले गर्दा कार्यक्रम आयोजना गरिएको नवोदय विद्यालयका सहजकर्ता अर्नभ तिवारीले बताए ।

आउँदो आइतबार पनि श्रमिक माविका कक्षा ७ मा अध्ययन गर्ने बालबालिकालाई उक्त अभिमुखीकरण तालिम दिने तथा आगामी दिनमा पनि विभिन्न सामूदायिक विद्यालयहरुसँग सहकार्य गरी यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने विद्यालयका विज्ञान विषयका सुपरिवेक्षक अरुण दाहालले बताए।

यसमा तपाइको मत

Your email address will not be published.


*