भीरबाट लडेर एक जनाको मृत्यु

अखबार हब
२०७९ जेष्ठ २४, मंगलवार १३:४६

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका– २ गुमडाँडाको भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमेश्वर नगरपालिका मुर्गाथलीका ४१ वर्षीय बुद्धिमान तामाङ रहेको प्रहरीले जनाएको छ ।

शनिबार घरबाट निस्केर हिँडेका उनको भीरबाट लडेर मृत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि मृतक तामाङको शव पोष्टमार्टमका लागि पशुपति स्मृति अस्पताल ल्याइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*