सहुलियत दरमा ढुटो, चोक्कर बिक्री गर्ने नाममा किसान ठग्दै क्षितिज दुग्ध उत्पादक सहकारी
मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ को दुग्ध सरकारीको किसान ठग्ने अर्का रहस्य फेला परेको छ । दूध जाँच गर्ने मेसिन बिगारी किसान ठग्दै आएको मनहरी १ स्थित क्षितिज दुग्ध उत्पादक सहकारीले सहुलियत दानाको नाममा किसानलाई ठग्दै आएको पाइएको हो ।
सहकारीका सञ्चालक समितिकै मिलेमतोमा गाई वस्तुलाई खुवाउने दाना सहकारी मार्फत बिक्री गरिएको भन्दै, किसान झुक्काएर व्यक्तिगत रुपमा बिक्री गरिएको पाइएको छ ।
सहकारीका कोषाध्यक्ष सोमनाथ खनालले सहकारीकै भवनमा व्यक्तिगत रुपमा खोलिएको दाना पसलबाट सहकारीले बिक्री गरेको भन्दै अन्य स्थानमा भन्दा ५० देखि १ सय रुपैयाँ सम्म बढी मूल्यमा गाई वस्तुलाई खुवाउने दाना बिक्री गरिरहेको किसानहरूको गुनासो छ ।
व्यक्तिगत रुपमा सञ्चालन गरिएको पसलबाट खरिद गरिएको वस्तुकोसमेत किसानले दूध बिक्री गरे वापत प्राप्त गर्ने रकम आफूलाई थाहा नै नदिई कटाउने गरेको उनीहरूको भनाई छ ।
किसानहरूका अनुसार कोषाध्यक्ष खनालले सञ्चालन गरेको पसलबाट खरिद गरिएको वस्तुको रकम किसानले पाउने दूधको रकमबाट व्यवस्थापक गुरु प्रसाद रिजालको सहयोगमा आफू खुसी कटाउने गरेको भनाई छ ।
रकम उपलब्ध गराए वापत खनालले व्यवस्थापक रिजाललाई प्रत्येक महिना एक बोरा चोकर निःशुल्क उपलब्ध गराउँने गरेको रिजाल स्वयंले स्वीकार गरेका छन् ।
तर कोषाध्यक्ष खनालले भने आफूले व्यवस्थापकलाई दानाको पैसा कटाउन नलगाएको किसान आफै स्वयम् नगद दिने गरेको बताउँछन् ।
त्यसै प्रत्येक महिना १ बोरा चोकर उपलब्ध गराउने कुरा झुट रहेको उनले बताए ।
किसानको बक्यौता रकम दिन आनाकानी गर्दै क्षितिज दुग्ध उत्पादक सहकारी, प्रतीक्षा गर्नुहोस् ।







