किसान ठग्ने मेसिन राख्दै क्षितिज दुग्ध उत्पादक सहकारी
मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउपालिका वडा नम्बर १ का दुग्ध सहकारीले किसानलाई ठगेको पाइएको छ । वडामा रहेको क्षितिज दुग्ध उत्पादक सहकारी सस्थाको २ वटा शाखाबाट किसानलाइ ठगी गरेको पाइएको हो ।
जेठ २१ गते अखबार हव टिमले गरेको स्ट्रीङ अप्रेसनबाट वडाको चकरीमा रहेको उक्त सहकारीको शाखाले प्रति लिटर ६८ रुपैँया १६ पैसा, मकरी शाखाले ५८ रुपैँया १६ पैसा र हेटौंडा १२ मा रहेको जनसेवा दुग्ध उत्पादक सहकारी सस्थाले ६४ रुपैँया ५ पैसामा एउटै किसानले उत्पादन गरेको एकै गुणस्तरको दुध फरक फरक मुल्यमा खरिद गरेको भेटाएको हो ।
यस्तै आईतवार(आज) स्थानीय जनप्रतिनिधी, दुग्ध सहकारी सस्थाका पदाधिकारी र स्थानीय किसान सहितको उपस्थितिमा भएको अर्को अप्रेसनमा एउटै सहकारीको विभिन्न शाखामा प्रतिलिटर १६ रुपैँया सम्म किसानको दुधको खरिद मुल्यमा फरक परेको भेटिएको छ ।

किसानसँग खरिद गरिएको दुधको मुल्यमा फरक आउनुको कारण मिसिनको खराबी हुन सक्ने भन्दै तत्काल मेसिन मर्मत गरिने कर्मचारीको भनाई छ । किसानहरुले यस विषयमा पटक – पटक सहकारीका अध्यक्ष देवराज भण्डारीलाई गुनासो सुनाए पनि उनले खासै चासो नदिएको स्थानीय किसानको भनाई छ ।
यस विषयमा क्षितिज सहकारीका अध्यक्ष भण्डारीलाई छलफलका लागि बोलाइए पनि उनले आफु सहकारीको जागिरे नभएकोले फुर्सत मिलाएर आउने ठाडो जवाफ दिएका थिए ।
हाम्रो स्ट्रीङ अप्रेसन पश्चात क्षितिज दुग्ध उत्पादक सहकारी संस्थामा किसानहरुले ताला लगाएका छन् ।
करिब २ घण्टा लागेको ताला अध्यक्ष भण्डारीको उपस्थितिमा किसानहरु सँगको छलफल पश्चात खोलिएको छ ।
सहुलियत दरमा ढुटो,चोक्कर विक्री गर्ने नाममा किसान ठग्दै क्षितित दुग्ध उत्पादक सहकारी, प्रतीक्षा गर्नुहोस् ।







