भीरबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु

अखबार हब
२०७९ जेष्ठ २१, शनिबार २१:०७

काठमाडौं । भीरबाट खसेको ढुंगा लागेर शुक्रबार गोरखाको धार्चे गाउँपालिकामा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा धार्चे–३ उहियाका २० वर्षीय धनबहादुर गुरुङको ज्यान गएको हो ।

भीरबाट खसेको ढुंगा लागेर गुरुङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ९डिएसपी० लीलाराज लामिछानेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*