आज सार्वजनिक विदा

अखबार हब
२०७९ जेष्ठ २१, शनिबार ०९:३२

काठमाडौं । सरकारले आज सार्वजनिक विदा दिएको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिनको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।

गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने कार्यक्रम हुने जानकारी दिए ।

रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको छ । पुगेको चौँथो दिनको अवसरमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ।

गृह प्रवक्ता पोखरेलले रातो मच्छिन्द्रनाथको जात्रा काठमाडौं उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वको रुपमा रहेको भन्दै पर्वलाई मर्यादित रुपमा मनाउन आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*