५० किलो गाँजासहित हेटौंडाबाट एक जना पक्राउ

अखबार हब
२०७९ जेष्ठ २०, शुक्रबार १७:२४

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ राप्तीरोड स्थित अटोमा ल्याउदै गरेको ५० किलो गाँजासहित एक जना प्रकाउ परेका छन् ।

बिहिवार साझँको साढे छ बजेको समयमा बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ना २ ह १५०८ नम्बरको अटोमा ५० किलो ४०० ग्राम लागु औषध गाँजा फेला परेको हो ।

उक्त अटो चालक भारत बिहार सितामढी जिल्ला ग्राम पञ्चायत नोचा वडा नं.१० थाना बेला घर भई हाल जिल्ला महोत्तरी औरही नगरपालिका वडा नं. ७ सोनामाई बस्ने बर्ष ३७ को राजेश चौधरीलाई अटो र गाँजा सहित नियन्त्रणमा लिईएको मकवानपुर प्रहरीले जानकारी दिएको हो ।

प्रहरीले पक्राउ परेका चौधरीलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*