पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १० रुपैयाँ घट्यो

अखबार हब
२०७९ जेष्ठ १९, बिहीबार २०:३२

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले ती सबैमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको हो ।

घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने छ । अर्थले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाई मूल्य समायोजन गर्न भनेअनुरुप निगम संचालक समितिको बैठकले मूल्य घटाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँमा झरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*