हेटौंडामा बसको ठक्करबाट एकको मृत्यु

अखबार हब
२०७९ जेष्ठ १८, बुधबार १३:०९

मकवानपुर। हेटौंडामा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

आज बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–९ कर्रा पुल नजिकै बसको ठक्करबाट गम्भीर घाईते भएका पैदलयात्रीको उपचारको क्रममा हैटौंडा अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा नामथर नखुलेको अन्दाजी ३०–३५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार बसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*