प्रदेश स्तरीय खेलकुद आयोजना गर्ने
मकवानपुर। बागमती प्रदेश सरकारले प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आज बागमती प्रदेश सभामा बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारले प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने र प्रदेश स्तरीय खेलकुद आयोजना गर्न प्रदेश स्तरीय रंगशाला निर्माण गर्ने बताए ।







