खोजी तथा उद्धारका लागि पोखराबाट उड्यो सेनाको हेलिकप्टर

अखबार हब
२०७९ जेष्ठ १५, आईतवार १४:५२

पोखरा । चालक दलसहित २२ यात्रु लिएर पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजको खोजी गर्न नेपाली सेनाको हेलिकप्टर सम्भावित घटनास्थलतर्फ गएको छ। यसअघि प्रतिकूल मौसमका कारण फिस्टेल एयरको हेलिकप्टर फर्किएपछि अहिले नेपाली सेनाको हेलिकप्टर खोजी तथा उद्धारका लागि सम्भावित दुर्घटनास्थलतर्फ उडेको हो।

जहाज हराएको लामो समयसम्म खराब मौसमकै कारण खोजी तथा उद्धारका लागि जान तयारी अवस्थामा राखिएका हेलिकप्टर उड्न सकेको थिएन।

खोजतलासकै लागि यसअघि उडेको हेलिकप्टर खराब मौसमकै कारण जोमसोम फर्केको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

तारा एयरको ९ एनएईटी ट्विनअटर विमान बिहान ९ बजेर ५५ मिनेटमा उडेको थियो। जहाजमा १६ जना नेपाली र ६ विदेशी पर्यटक थिए।

यसमा तपाइको मत

Your email address will not be published.


*