महिलाको अर्धनग्न तस्बिर खिचेर चरित्रहत्या गर्ने प्रहरी जवान पक्राउ

अखबार हब
२०७९ जेष्ठ १३, शुक्रबार १८:०२

काठमाडौं । प्रहरीको साइबर व्युरोले महिलाको चरित्रहत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ।

एक जना भने नेपाल प्रहरीका बहालवाला कर्मचारी रहेका छन्। विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेको आरोपमा रौतहटका घर भइ धनुषामा कार्यरत प्रहरी जवान कृष्णकुमार यादव र विराटनगर घर भएका मोहम्मद कसिमलाई धरान प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याइएको छ।

यादवले युवतीलाई सामाजिक सञ्जालमा साथी बनाएर प्रलोभनमा पारी खिचिएका अन्तरङ्ग तस्बिहरू सामाजिक सञ्जालमा पोष्ट गर्ने, धम्क्याएर पीडितलाई मानसिक तनाव दिई चरित्र हत्यासमेत गरेको दाबी गरिएको छ। कासिममाथि सामाजिक सञ्जालमा नक्कली एकाउन्ट खोली युवतीको अन्तरङ्गका तस्बिर विभिन्न व्यक्तिलाई पठाइ चरित्र हत्या गरेको आरोप छ।

काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान जारी रहेको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले आज एक विज्ञप्ति जारी गरी जनकारी दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*