बालकुमारीबाट पेस्तोल र चार राउण्ड गोलीसहित दुई पक्राउ

अखबार हब
२०७९ जेष्ठ १२, बिहीबार १७:१५

काठमाडौं । ललितपुर महानगरपालिका वडा नं. ८, बालकुमारीबाट पेस्तोल र त्यसमा लाग्ने गोलीसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१५, घर भएका सुरेन्द्र थिङ र वीरबहादुर बम्जन छन् ।

उनीहरुको साथबाट ‘मेड इन यूएस’ लेखिएको अटोमेटिक पेस्तोल एउटा, म्याग्जिन दुई वटा, गोली चारवटा पनि बरामद भएको जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले बताए । थप अनुसन्धान भइरहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*