रोल्पामा अटो दुर्घटना हुँदा एकको मृत्यु
काठमाडौं । रोल्पामा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । यस्तै तीन जना घाइते भएका छन् ।
लिवाङबाट माडीचौरतर्फ जाँदै गरेको रा १ ह ४३४७ नम्वरको अटो अनियन्त्रित भई सडकदेखि करिव ५० मिटर तल खस्दा त्यसमा सवार रोल्पा नगरपालिका–२ लिवाङका अन्दाजी २९ बर्षीय महेश कुँवरको घटनास्थलमै मृत्यु भएको हो ।
रोल्पाका प्रहरी प्रमुख डीएसपी बिनोद घिमिरेका अनुसार दुर्घटनामा परी घाइते भएका तीन जना मध्ये दुई जना स्थानीय मेडिकलमा उपचार गरि डिस्चार्ज भएका छन् । गम्भीर घाइते एक जनालाई भने थप उपचारका लागि बुटवल पठाईएको छ ।







