हेटौँडाकी मेयर मिना लामाको पहिलो निर्णयः अतिविपन्नलाई निःशुल्क बिजुली र पानी

अखबार हब
२०७९ जेष्ठ ९, सोमबार १७:४५

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाकी नवनिर्वाचित मेयर मिनाकुमारी लामाले कार्यभार सम्हालेसँगै विपिन्नलाई निःशुल्क बिजुली र पानी दिने पहिलो निर्णय गरेकी छन् । पद तथा गोपनीयताको शपथ लिएपछि सोमबार पदभार ग्रहण गर्दै लामाले विपन्नलाई स्वास्थ्य बीमा, बिजुली र पानी निःशुल्क दिनेलगायतका पाँच वटा निर्णय गरेकी हुन् ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले शपथ गराएपछि उनी शहीद स्मारकमा पुगेर शहीदहरुको प्रतिमामा माल्यापर्ण गर्दै उपमहानगरपालिका आएकी थिइन् । गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) की लामा ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट हेटौँडाको पहिलो महिला मेयरका रुपमा निर्वाचित भएकी हुन् ।

लामाले अतिविपन्न १ हजार ५ सय ४१ घरपरिवारलाई निःशल्क स्वास्थ्य बीमा गरिदिने, मासिक १५ हजार लिटर खानेपानी, २५ युनिट बिजुली निःशल्क उपलब्ध गराउने निर्णय गरेकी हुन् ।

गठबन्धनले निर्वाचन जिते बीमा, बिजुली र खानेपानी निःशुल्क दिने प्रतिबद्धता जनाएको थियो । आर्थिक अवस्थाका कारणले शिक्षा हासिल गर्नबाट बञ्चित विद्यार्थीहरुलाई प्रोत्साहन र सहुलियत दिन मेयर छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको लामाले शिलापत्रलाई जानकारी दिइन् ।

उपमहानगरले गठन गरेको महिला जागरण समूहमार्फत लैंगिक हिंसाविरुद्धका अभियानहरु सञ्चालन गर्दै पीडित, प्रभावित महिला तथा बालबालिकाका लागि अल्पकालिन आश्रयस्थल (सेफ हाउस) मार्फत प्रभावकारी पुनस्र्थापनाको कार्य गर्ने निर्णय गरिएको छ । लामाले सडक निर्माण गर्दा सडकको बीचमै रहेका विद्युतका पोलाई किरानामा स्थापना गर्ने निर्णयपनि गरेकी छन् । हेटौँडाका धेरै स्थानमा नयाँ पक्की सडक निर्माण गर्दा विद्युतको पोल बिचमै राखिएको थियो ।

स्रोतः शिलापत्र

यसमा तपाइको मत

Your email address will not be published.


*