स्थानीय तह निर्वाचमा बागमती प्रदेशमा कुन दलका कति निर्वाचित ?

अखबार हब
२०७९ जेष्ठ ८, आईतवार २१:१९

मकवानपुर । निर्वाचन आयोगको प्रणालीमा आज साँझ ८ बजेसम्म प्रविष्ट भएका आधारमा विश्लेषण गर्दा बागमती प्रदेशमा नेपाली कांग्रेसका धेरै उम्मेदवार विजयी भएका छन् भने नेकपा एमाले दास्रो स्थानमा देखिएको छ ।

बागमती प्रदेशमा हालसम्म कूल पाँच हजार ५२४ निर्वाचित भएका छन् । यो प्रदेशमा कांग्रेसका प्रमुखमा २२, अध्यक्षमा ३४, उपप्रमुखमा १८, उपाध्यक्षमा ३१, वडाध्यक्षमा ४५९, महिला सदस्यमा ४५१ र दलित महिला सदस्यमा ४३४ र सदस्यमा ९२२ गरी दुई हजार ३७१ निर्वाचित भएका छन् ।

नेकपा (एमाले) का प्रमुखमा नौ, अध्यक्षमा १७, उपप्रमुखमा १७, उपाध्यक्षमा १४, वडाध्यक्षमा ३४२, महिला सदस्यमा ३९०, दलित महिला सदस्यमा ३८२ र सदस्यमा ७८३ गरी एक हजार ९५४ निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द्र)का प्रमुखमा चार, अध्यक्षमा २२, उपप्रमुखमा चार, उपाध्यक्षमा २६, वडाध्यक्षमा १९७, महिला सदस्यमा १७७, दलित महिला सदस्यमा १७८ र सदस्यमा ३३१ गरी ९३९ निर्वाचित भएका छन् ।

एकीकृत समाजवादीका प्रमुखमा चार, अध्यक्षमा एक, उपप्रमुखमा एक, उपाध्यक्षमा तीन, वडाध्यक्षमा २३, महिला सदस्यमा १७, दलित महिला सदस्यमा २२ र सदस्यमा ३९ गरी ११० पदमा निर्वाचित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुखमा एक, वडाध्यक्षमा १४, महिला सदस्यमा १२, दलित महिला सदस्यमा १० र सदस्यमा २१ गरी ५८ निर्वाचित भएका छन् । नेपाल मजद्रर किसान पार्टीका प्रमुखमा एक, उपप्रमुखमा एक, वडाध्यक्षमा १२, महिला सदस्यमा १२, महिला सदस्यमा ११, दलित महिला सदस्यमा पाँच र सदस्यमा २४ गरी ५४ पदमा निर्वाचित भएका छन् । यो प्रदेशमा जनता समाजवादी पार्टी, नेपालका वडा अध्यक्षमा एक र सदस्यमा दुई गरी तीन र स्वतन्त्रले वडाध्यक्षमा १७, महिला सदस्यमा पाँच, दलित महिला सदस्यमा पाँच र सदस्यमा आठ गरी ३५ निर्वाचित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*