नवनिर्वाचित वडाध्यक्ष खनाललाई अपशब्द बोल्ने स्याङ्तानलाई कारवाहीको माग

अखबार हब
२०७९ जेष्ठ ७, शनिबार २२:३९

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–१ का नवनिर्वाचित वडा अध्यक्ष शिवप्रसाद खनाललाई अपशब्द प्रयोग गरी गालीगलोच गर्ने विमल स्याङ्तानलाई कारर्वाहीको माग गरिएको छ ।

नेपाली काँग्रेस मनहरी १ समितिले आज एक विज्ञप्ति जारी गर्दै शुक्रबार साँझ विजयी र्यालीमा सहभागी भएका नवनिर्वाचित अध्यक्ष खनाललाई जथाभावी अपशब्द बोल्ने स्याङ्तानलाई कारवाहीको माग गरिएको हो ।

हावाहुरीका कारण चकरी बेल्डमा विद्युतीय तार पोलबाट खेसेको निहुँमा विजयी र्याली समापन हुनै लागेको बखत हालै निर्वाचित खनाललाई स्याङ्तानले अपशब्द प्रयोग गरेको विज्ञप्तिमा भनिएको छ । काँग्रेसका कार्यकता उमेश खुलाललाई स्याङ्तानले हातपातसमेत गरेको आरोप लगाएको छ ।

वडा सभापतिलगायत अन्य नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई धम्की र अपशब्द प्रयोग गरी गाली बेइजती गरेकोले विज्ञप्तिमार्फत् दोषीमाथि कडा कारवाहीको माग गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*