पाँच उपमहानगरको नतिजा सार्वजनिकः ६ वटामा मतगणना चल्दै
काठमाडौं । ११ वटा उपमहानगरपालिकामध्ये हेटौँडा, नेपालगञ्ज, घोराही, कलैया र जितपुर सिमराको नतिजा सार्वजनिक भइसकेको छ ।
हेटौँडामा मेयरमा एकीकृत समाजवादी र उपमेयरमा नेपाली कांग्रेस, नेपालगञ्जको मेयरमा कांग्रेस र उपमेयरमा जसपा, कलैयामा मेयर र उपमेयर दुवैमा एमाले, दाङको घोराहीमा पनि मेयर र उपमेयरमा एमाले तथा बाराको जितपुर सिमरामा मेयरमा माओवादी र उपमेयरमा एमाले विजयी भएका हुन् ।
बुटवलमा मेयरमा कांग्रेस र उपमेयरमा एमाले, इटहरीमा मेयरमा कांग्रेस र उपमेयरमा एमाले, धरानमा मेयरमा स्वतन्त्र र उपमेयरमा माओवादी, धनगढीमा मेयरमा स्वतन्त्र र उपमेयरमा माओवादी, तुलसीपुरमा मेयर र उपमेयरमा एमाले, जनकपुरधाममा मेयरमा स्वतन्त्र र उपमेयरमा कांग्रेसको अग्रता छ ।
१. बुटवलमा
कांग्रेसका खेलराज पाण्डेयः २५ हजार ६ सय १२
एमालेका बाबुराम भट्टराईः १८ हजार ६ सय ५९
२. इटहरी
कांग्रेसका हेमकर्ण पौडेलः २६ हजार ६ सय ५२
एमालेका यामकुमार चुम्वाङ सुब्बा ः २२ हजार ५ सय ८०
३. धरान
स्वतन्त्र हर्कराज राई – १२ हजार ९५
कांग्रेस किशोर राई – १० हजार ७ सय ८१
एमाले मञ्जु भण्डारी सुवेदी – ८ हजार ७ सय ३९
४. धनगढी
स्वतन्त्र गोपाल हमाल – २१ हजार ८१
कांग्रेसका नृपबहादुर वड – १० हजार ४ सय ५७
५. तुलसीपुर
एमालेका टीकाराम खड्का – १० हजार ६ सय ५
कांग्रेस गेहेन्द्र गिरी – १० हजार ५ सय ३४
६. जनकपुरधाम
स्वतन्त्र मनोजकुमार साह सुड्डी – ७ हजार ७ सय ८
एमालेका शिवशङ्कर साह – ५ हजार २ सय ८०







