चितवनमा हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको मृत्यु

अखबार हब
२०७९ जेष्ठ ६, शुक्रबार २१:३६

चितवन । हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको घटनास्थलमै ज्यान गएको छ । भरतपुर–११ को भोजाडमा अटोमा सवार २ जना र बसेनीमा म्याजिकमा सवार १ जनाको च्यापिएर ज्यान गएको छ ।

राती वर्षा सहित आएको हावाहुरीले अटो र म्याजिकमाथि रुख ढल्दा सो दुर्घटना भएको हो । चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीले मृतकको पहिचान हुन नसेकेको बताए ।

May be an image of road

यस्तै विद्युतका पोल र रुखहरु ढल्दा चितवनका विभिन्न सडकहरु अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, नारायणगढ, आपँटारी, क्यान्सरगेट, चितवन मेडिकल कलेज लगायतका स्थानमा रुख र विद्युत पोल ढल्दा सडक अवरुद्ध बनेको हो । अहिले रुखहरु हटाएर सडक सञ्चालन लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा प्रमुख धर्म अधिकारीले जानकारी दिए । अध्यारो भएका क्षतिको विवरण संकलन गर्न नसकिएको उनले बताए ।

हावाहुरीले नारायणगढको पुलचोकमा ट्रकलाई समेत पल्टाएको थियो । अहिले त्यस स्थानमा अवरुद्ध भएको सडक सुचारु गरिएको छ । यस्तै चितवनको सिनर्जी एफ।एफ।को टावरमा समेत क्षती पुगेको छ । एफ।एफ।का स्टेसन म्यानेजर रामकान्त पौडेलका अनुसार, हावाहुरीले टावरको आधा भागबाट भाँचिएको छ । यस्तै राप्तीमा घरका छानाहरु हावाहुरीले उडाएको बुझिएको छ । स्रोतः कालिका न्यूज

No photo description available.

May be an image of 1 person

यसमा तपाइको मत

Your email address will not be published.


*