बागमती गाउँपालिकाको नेतृत्वमा सर्केश
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रका सर्केश घलान विजयी भएका हुन् । घलानले ७ हजार ३ सय ८४ मत प्राप्त गरेका हुन् । उनी दोस्रो कार्यकालको लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
घलानले नेकपा एमालेका खेम जर्गा मगरलाई १ हजार २ सय १८ मतान्तरले पराजित गरेका हुन् ।
त्यस्तै उपाध्यक्षमा विजयी भएका फणिन्द्रले ७ हजार ९३५ मत प्राप्त गरेका थिए । उपमेयरमा पराजित नेकपा एमालेकी धनमाया स्याङ्तानले ४ हजार ६६९ मत प्राप्त गरेकी थिइन् ।







