हेटौंडाको नेतृत्वमा पहिलो पटक महिला मेयर
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयरमा मिना लामा विजयी भएकी छिन् ।
नेकपा एमालेका मेयर पदका उम्मेदवार अनन्त प्रसाद पौडेललाई पराजित गर्दै लामा हेटौंडा उपमहानगरपालिकाको नेतृत्व गर्ने पहिलो महिला मेयर बनेकी छिन् ।
यसअघि उपमेयर रहेकी लामा गठबन्धनको तर्फबाट मेयर पदमा निर्वाचित भएकी हुन् ।
यससँगै राप्रपका केन्द्रीय नेता दीपकबहादुर सिंह तेश्रो स्थानमा रहेका थिए । निकै नै प्रतिस्पर्धा रहेका निर्वाचनमा अन्ततः लामाले बाजी मारेकी हुन् ।
तात्कालीन एमालेमा राजनीति गरेकी लामा समाजवादी पार्टि निर्माण भएपश्चात् समाजवादी यात्रा तय गरेकी हुन् । ४६ वर्षीय लामा मेयरमा निर्वाचित हुँदा गठबन्धसहित महिला, जनजातिको समेत प्रतिनिधित्व भएकोमा नगरले खुसियाली मनाइरहेको छ । समाचार तयार पार्दासम्म थोरै मतगणना भने बाँकी नै रहेको छ ।







